विषालु सर्पको बगैँचा, सर्पको विषबाट के बनाइन्छ ?
काठमाडौँ । तपाईँले फलफूलको बगैँचा देख्नु भएको होला । बगैँचाका मिठा–मिठा फलफूल टिपेर वा चोरेर पनि खानु भएको होला । तर तपाई जानु भएको बगैँचामा रुखमा फलको सट्टा सर्पै सर्प झुन्डिरहेको देख्नु भयो भने तपाई कस्तो महसुस गर्नु होला ?
सर्पको पनि बगैँचा हुन्छ ? कस्तो वाहियात कुरा गरेको भन्ने सोच तपाईँको दिमागमा आइसक्यो होला । तर साँच्चै सर्पको पनि बगैँचा छ । जसरी आँप, लिची वा अन्य फलफूलको बगैँचा हुन्छ त्यसैगरी एउटा देशमा सर्पको पनि बगैँचा छ । यहाँ रुखको हाँगाहरु सर्पले भरिभराउ हुन्छ । यो बगैँचा भियतनाममा छ ।
डोंग ट्याम स्नेक फार्म नामक यो बगैँचाका रुखहरुमा सर्प मात्रै देखिन्छन् । यहाँ सर्प पालिन्छ । यो फार्ममा औषधीजन्य बोटबिरुवा पनि रोपिन्छ । यो बगैँचामा ४ सयभन्दा बढी प्रजातिका विषालु सर्प छन् । यी सर्पको विषबाट औषधि बनाइन्छ । सर्पले टोकेको विषको प्रभाव उल्ट्याउने एन्टिडोट बनाइन्छ । यो बगैँचा भियतनामको ठूलो पर्यटक स्थल बनेको छ ।
यहाँ वर्षेनी लाखौं पयर्टकहरु घुम्नका लागि आउँछन् । १२ हेक्टर क्षेत्रफलमा फैलिएको यो फार्म सबै खालको सेवा सुविधा दिन्छ । यहाँ वर्षेनी करिब १ हजार ५०० जना सर्पले टोकेको भन्दै उपचार गराउन आउँछन् । यहाँ हरेक दिन एन्टिडोटका लागि अनुसन्धान हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण