कांग्रेस युवा नेताहरुले थाले ‘महासमिति मन्थन’
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि युवा नेताहरुले छलफल सुरु गरेका छन् ।
राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै युवा नेताहरुबिच आसन्न महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारेमा ‘महासमिति मन्थन’ छलफल कार्यक्रम सुरु भएको हो ।
पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पहल गर्नुपर्ने अपरिहार्यता रहेको जनाउँदै महासमिति बैठकलाई कर्मकाण्डी मात्र बनाउन नहुने विषयमा छलफल भएको कांग्रेस युवा नेता भूपेन्द्र जंग शाहीले जनाए । सरकारमा रहेको अवस्थामा र अन्य अवस्थामा पनि पार्टीले देशका गम्भीर समस्या र जनताका जल्दाबल्दा समस्या समाधानका लागि पार्टीभित्रका सबै पक्षहरुलाई समेटेर छलफल गर्नुपर्ने जनाइएको थियो ।
पछिल्ला केही वर्षयता पार्टीभित्र गुटबन्दीका चरम प्रभाव देखिएको हुनाले गुटबन्दीको अन्त्यका लागि पनि पार्टीका शीर्ष नेताहरुले भूमिका खेल्नुपर्ने जनाइएको थियो ।
छलफलमा कांग्रेसका युवा नेताहरु गुरुराज घिमिरे, रन्जित कर्ण, भूपेन्द्रजंग शाही, बंशलाल तामाङ, मैना कार्की, गोमा केसी, रमिला महत, टेकराज पौडेल, नारायण भट्टराइ, बिनोद खनाल, मनोहरि श्रेस्ठ, मोतिलाल भन्डारी, प्रेमिका राना, किरणकिशोर घिमिरे, भुबन भट्ट, धर्मराज शाही, विनीता खड्कालगायतको उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण