बेलायतमा रोजगारीका लागि ४२ जना नर्स जाने
काठमाडौँ । बेलायतमा रोजगारीका लागि ४२ जना मात्रै नर्सहरू जाने भएका छन् । अन्तर्वार्ताबाट छनोटमा परेका ४५ जनामध्ये ४२ जनाको मात्रै वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । बाँकी तीन जनाले ड्रप आउट गरेपछि ४२ जनाको मात्रै नाम सार्वजनिक गरिएको विभागले जनाएको छ ।
उनीहरूलाई फागुन ११ गतेदेखि निःशुल्क रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम दिइनेछ । त्यसका लागि भैसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।
प्रतिष्ठानबाट तालिमको कार्य सकिएपछि उनीहरूलाई बेलायत पठाउने कार्य अघि बढ्न विभागले जनाएको छ । विभागमा सूचना अधिकारी कविराज उप्रेतीले तालिमको काम सकिएपछि विभागले श्रम स्वीकृति उपलब्ध गराउने र त्यसपछि उनीहरूलाई बेलायत पठाइने बताए ।
बेलायत मार्चभित्रमा उनीहरूलाई लगिसक्ने बताएको छ । अहिले तालिमको प्रक्रियासँगै भिसाको प्रोसस पनि अघि बढेको उप्रेतीले बताए ।
नेपाल र बेलायत सरकारबिच सन् २०२२ को अगस्टमा एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसमा नेपालबाट नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर दिने समझदारी भएको थियो । सोही आधारमा पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन माग गरिएको थियो ।
विभागले ४ साउन २०८० मा आवेदन आह्वान गरेको थियो । आवेदन दिएकामध्ये ७१ जना अन्तरवार्ताको प्रारम्भिक सूचीमा परेका थिए । १८ देखि २१ मंसिरसम्म भएको अन्तर्वार्तामा ६० जनाको सहभागिता रहेको थियो । जसमा ४५ जना पास भएका थिए ।
उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो । त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले आमने सामने अन्तर्वार्ता दिएका थिए । त्यहिबाट ४५ जना सफल घोषणा गरिएको थियो । एचएचएफटी यूके डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोस केयर (डीएचएससी) द्वारा छनोट गरिएको संस्था हो । अभिखुमीकरण तालिममा उनीहरूलाई मार्गदर्शन, यूकेमा काममा जानुअघि विभिन्न जानकारी दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण