पाल्पा दुर्घटना : मुख्यमन्त्री चौधरीद्वारा दुःख व्यक्त
मङ्गलबार, ०१ फागुन २०८०, २१ : २०

बुटवल । पाल्पामा आज भएको सवारी दुर्घटनाप्रति लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले दुःख व्यक्त गरेका छन् ।
मंगलबार साँझ भएको दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएको छन् । उक्त घटनाले आफूलाई स्तब्ध एवम् मर्माहत बनाएको मुख्य मन्त्रीले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनले दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।
यसैगरी दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्ष र निकायलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित
-
चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु
-
जुम्लामा हिमानी र हृदयेन्द्रद्वारा सिँचाइ पोखरीको उद्घाटन
-
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’
-
इन्द्रसरोवरमा पानीको सतह घट्दै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?