यूएई एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा संयुक्त अरब इमिरेट्स विजयी भएको छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्नेक्रममा यूएईले इन्डोनेसियालाई ५६ रनले हरायो ।
टस जिती पहिले ब्याटिङको रोजेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इन्डोनेसियाले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ६६ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको यूएईका लागि समाइरा धरनिधरकाले सर्वाधिक ३१ रनको योगदान गरिन् । उनले २८ बलमा पाँच चौका पनि हिर्काइन् । ओपनर काभिसा एगोडागेले २६ रन बनाइन् । खुशी शर्माले पनि टोलीको खातामा २४ रन थपिन् ।
इन्डोनेसियाकी बलर नि वान सारियानीले दुई विकेट लिइन् । जवाफी ब्याटिङ गरेको इन्डोनेसियाका माथिल्ला चार ब्याटर सस्तैमा पेभेलियन फर्किएका थिए । माथिल्ला तीन ब्याटर त शून्य रनमै आउट भएका थिए ।
इन्डोनेसियाका लागि रहमावती पांगेस्तुतीले सर्वाधिक अविजित १५ रन बनाइन् । नि कादेक रानीले १३ र नि मादे पुत्रीले १२ रन बनाएका थिए । इन्डोनेसियाले अतिरिक्त रुपमा १७ रन पाएको थियो । यूएईकी बलर हिना होचाँदनीले तीन विकेट लिइन् । उनी प्लेयर अफ दी म्याच घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण