हङकङलाई हराउँदै थाइल्यान्ड एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा थाइल्यान्ड विजयी भएको छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बन्नेक्रममा थाइल्यान्डले हङ्कङलाई तीन विकेटले हरायो ।
प्रतियोगिताको सेमिफाइनलमा थाइल्यान्डले संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । यूएई भने बुधबार नै खेलिएको पहिलो क्वार्टरफाइनल खेलमा इन्डोनेसियालाई ५६ रनले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको थाइल्यान्डले भने १९.१ ओभरमा सात विकेट गुमाएर ९३ रनमात्र बनाउन सक्यो ।
थाइल्यान्डको जितमा नताया बुचाथमले २९ रनको योगदान गरिन् । उनले २९ बलमा पाँच चौका पनि प्रहार गरिन् । थिपाचा पुथावङले पनि अविजित २२ रन बनाइन् । उनले २८ बलको सामना गरी दुई चौका पनि हिर्काइन् ।
चानिदा सुथिरुङ्गाले १२ रन जोडिन् । थाइल्यान्डले अतिरिक्त रुपमा १४ रन पायो । हङ्कङका बलर केरी चानले तीन र ईक्रा साहरले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको हङ्कङका लागि यासविन दसवानीले २६ रन बनाएकी थिइन् ।
हङ्कङका लागि ओपनर मारिको हिलले पनि २२ रन बनाएकी थिइन् । उनले २१ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काइन् । मारयम बिवीले टोलीको खातामा १९ रन थपेकी थिइन् । हङ्कङले अतिरिक्त रुपमा १३ रन पाएको थियो । थाइल्यान्डका बलर थिपाचा पुथावङले दुई विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण