२५ दिनमै सकियो ‘खजुरे ब्रो’ को छायाङ्कन
काठमाडौँ । फिल्म ‘खजुरे ब्रो’ को छायाङ्कन सकिएको छ । धरानका विभिन्न स्थानमा छायाङ्कन भएको फिल्मको छायाङ्कन २५ दिनमा सकिएको हो । फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेतीले फिल्मको छायाङ्कन सोचेभन्दा राम्रो र छिटो सकिएको जानकारी दिए ।
पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित फिल्मको निर्माता नवीन मानन्धर हुन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा सुरज सुनुवार निर्देशन रहेको फिल्म ‘खजुरे ब्रो’ निर्माणमा सुरजलाई नवीन मानन्धरले साथ दिएका छन् । फिल्मका लेखक समेत निर्माता सुरज हुन् ।
फिल्ममा नीति शाह, रेयर राई, महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायत कलाकारको मुख्य भूमिका छ । फिल्ममा धरानका मेयर हर्क साम्पाङले पनि अतिथि कलाकारको रूपमा काम गरेका छन् ।
शिशिर बिसंखेले छायाङ्कन, अनमोल गुरुङको संगीत रहेको फिल्ममा सहकार्य विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लिको रहेको छ । फिल्मको प्रदर्शन जेठमा हुने निर्माण टिमले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण