पुरानो फोन साटेर सामसुङको नयाँ फोन लिन पाइने
काठमाडौँ । नेपालमा सामसुङ फोनको राष्ट्रिय वितरक आईएमएस र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने सबको फोनले ‘आईएमएस सबको फोन एक्सचेन्ज’ को सुरुवातका लागि साझेदारीको घोषणा गरेका छन् । विभिन्न ब्रान्डका मोबाइल प्रयोगकर्ताहरूलाई आफूले प्रयोग गरेको फोन साटी सामसुङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो विकल्प प्रदान गर्ने उद्देश्यले यो मोबाइल एक्सचेन्ज सुविधा सुरु गरिएको छ ।
यो एक्सचेन्ज सुविधा अन्तर्गत ग्राहकले आफूले प्रयोग गरेका जुनसुकै ब्रान्डका मोबाइललाई नयाँ सामसुङ स्मार्टफोनसँग साट्न सक्नेछन् । आईएमएस सबको फोन एक्सचेन्ज सुविधा अन्तर्गत प्रदान गरिने वेबमा आधारित प्रणालीको प्रयोग गरि ग्राहकहरूले आफूले प्रयोग गरिको फोनको विवरण भरि, मात्र १ मिनेटमा फोनको मूल्य प्राप्त गरि नयाँ सामसुङ स्मार्टफोनमा सजिलै अपग्रेड गर्न सक्नेछन् ।
यस्तो एक्सचेन्ज सुविधा प्राप्त गर्नको लागि ग्राहकले आफूले प्रयोग गरेको मोबाइलको भ्याट बिल र परिचय खुल्ने सरकारी परिचयपत्र अनिवार्य उपलब्ध गराई स्वघोषणा फारम भर्नुपर्नेछ । प्रथम चरणको लागि यो सुविधा हाल सामसुङको आधिकारिक आईएमएस स्मार्ट आउटलेटहरू र काठमाडौँमा रहेका अधिकृत बिक्रेतामा मात्र उपलब्ध गराइएको छ ।
सबको फोनको प्रविधिसँग आईएमएसको विशेषज्ञतालाई संयोजन गरेर, आफ्ना ग्राहकहरूलाई प्रयोगमा आइसकेका फोनहरूको उचित मूल्य प्रदान गरि सामसुङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो र सुविधाजनक बनाउने आईएमएसको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण