कांग्रेस, एमालेको पत्रकार रे, त्यस्तो पत्रकार महासंघले पत्र काटेर मलाई के हुन्छ : दुर्गा प्रसाईँ
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले नेपालमा सही पत्रकारिता गर्नेको महासंघ नै नभएको दाबी गरेका छन् । बिहीबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले कांग्रेस, एमाले, माओवादीका पत्रकार रहेको संस्था पत्रकार महासंघ हुन नसक्ने बताए ।
एक पत्रकारकी श्रीमतीले नबुझ्ने मान्छेलाई खाली चेकमा सही गर्न लगाएर आफैँले ठूलो अंक भरेर चेक बाउन्स गराएको कुरा आफूले सार्वजनिक गरेपछि उनका पत्रकार श्रीमानले धम्की दिएको बताए । शान्ति तिवारीले सो काम गरेको आफूले खुलासा गरेपछि आफूलाई साइबर ब्यूरोमा उजुरी गर्ने र पत्रकार महासंघबाट पत्र काट्ने धम्की आएको प्रसाईँले बताए ।
प्रसाईँले भने,‘क पढ्न नजान्ने मान्छेको चेक लिएर जाने, बाउन्स गराउने, मिटरब्याजीमा लगाउने ? साइबर ब्यूरोले शान्तिलाई थुन्दो रहेछ कि दुर्गा प्रसाईँलाई थुन्दो रहेछ, शान्ति तिवारीको बुढा पत्रकार महासंघमा रहेछन्, मलाई पत्रकार महासंघले चिठी काट्ने रे । पत्रकार महासंघले पत्र काटेर मलाई के हुन्छ र तातो न भुत्लो, के को पत्रकार महासंघ मान्ने भएपो । पत्रकार महासंघ कसको भन्ने थाहा छैन, कांग्रेसको पत्रकार महासंघ, एमालेको महासंघ रे, त्यस्तो पनि हुन्छ ? पत्रकार महासंघ नै छैन । सही पत्रकारिता आज तपाई युटुबर आएर बचाइदिनु भयो बच्यो, नभए यो मिसन मिडियाधारी यी काम लाग्दैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण