बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

परिणाम देखाउन नसक्ने मन्त्रीलाई फिर्ता गरे हुन्छ : सुदन किराती

बुधबार, ०२ फागुन २०८०, १६ : ३९
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले परिणाम निकाल्न असफल मन्त्रीलाई फिर्ता गर्नुपर्ने बताएका छन् । बुधवार शेर्पा पर्यटन व्यवसायी सङ्घद्वारा आयोजित गेल्पो ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले यस्तो अभिव्यक्ति दिएका हुन् । 

उनले भने,‘ समग्र विकासको निर्धारण राजनीतिले गर्छ । सरकार छिटो–छिटो फेरबदल हुने अस्थिर राजनीतिले बर्षौ देखि थोपारिएको  समस्याको चाङ माथि छौँ । अब सरकारले प्रधानमन्त्रीको अगुवाइमा गति बढाउँछ । परिणाम देखाउन नसक्ने मन्त्रीलाई फेरि दिँदा हुन्छ ।’ किरातीले देशका अगाडि व्यक्ति कोही र केही नभएको भन्दै आफू पद छाड्न तयार रहेको समेत बताए ।

उनले भने, ‘मन्त्री कुनै मान्छेको लागि  पालो पुर्‍याउनु  मात्र होइन । देश र जनतालाई परिणाम दिनु मुख्य कुरा हो । म अहिले पद छाड्न तयार छु । किनकि म भन्दा माथि देश छ  ।’  शेर्पाहरू हिमाली फूल भएको बताउँदै देशको गौरवमय परिचय शेर्पा भएको दाबी उनले गरे ।

किरातीले भने,‘  शेर्पाहरूले देशलाई विश्वसामु चिनाएका मात्रै छैनन् उनीहरू संस्कृतिका धेरै धनी छन् । पर्यटन क्षेत्रमा शेर्पाहरू जति चिनिए उनीहरूको संस्कृतिलाई अझ उजागर गरेर पर्यटनसँग जोड्न सक्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप