परिणाम देखाउन नसक्ने मन्त्रीलाई फिर्ता गरे हुन्छ : सुदन किराती
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले परिणाम निकाल्न असफल मन्त्रीलाई फिर्ता गर्नुपर्ने बताएका छन् । बुधवार शेर्पा पर्यटन व्यवसायी सङ्घद्वारा आयोजित गेल्पो ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले भने,‘ समग्र विकासको निर्धारण राजनीतिले गर्छ । सरकार छिटो–छिटो फेरबदल हुने अस्थिर राजनीतिले बर्षौ देखि थोपारिएको समस्याको चाङ माथि छौँ । अब सरकारले प्रधानमन्त्रीको अगुवाइमा गति बढाउँछ । परिणाम देखाउन नसक्ने मन्त्रीलाई फेरि दिँदा हुन्छ ।’ किरातीले देशका अगाडि व्यक्ति कोही र केही नभएको भन्दै आफू पद छाड्न तयार रहेको समेत बताए ।
उनले भने, ‘मन्त्री कुनै मान्छेको लागि पालो पुर्याउनु मात्र होइन । देश र जनतालाई परिणाम दिनु मुख्य कुरा हो । म अहिले पद छाड्न तयार छु । किनकि म भन्दा माथि देश छ ।’ शेर्पाहरू हिमाली फूल भएको बताउँदै देशको गौरवमय परिचय शेर्पा भएको दाबी उनले गरे ।
किरातीले भने,‘ शेर्पाहरूले देशलाई विश्वसामु चिनाएका मात्रै छैनन् उनीहरू संस्कृतिका धेरै धनी छन् । पर्यटन क्षेत्रमा शेर्पाहरू जति चिनिए उनीहरूको संस्कृतिलाई अझ उजागर गरेर पर्यटनसँग जोड्न सक्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण