शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई जनालाई घाइते बनाउने चितुवाको मृत्यु

बुधबार, ०२ फागुन २०८०, २२ : ०७
बुधबार, ०२ फागुन २०८०

हेटौँडा । २ जनालाई घाइते बनाएको चितुवाको मृत्यु भएको छ । बुधवार साँझ थाहा नगरपालिकाको अङ्गारे टोलमा आक्रमण गरेर २ जनालाई घाइते बनाएको चितुवाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार साँझ १९ः २० बजेको समयमा थाहा–२ अंगारेटोलमा चितुवाको आक्रमणबाट स्थानीय वर्ष ६६ का हेमन्तप्रसाद ढकाल र निजको श्रीमती वर्ष ६० की सावित्री ढकाल घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

उनका अनुसार मानिसलाई घाइते बनाएपछि स्थानीयहरूले चितुवासँग प्रतिकार गरेका थिए । स्थानीयको प्रतिकार पछि चितुवा भाग्दै जाँदा नजिक रहेको पुड्खेल खोलाको ग्याविन वालमा ठोक्किएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । घाइते ढकाल र उनकी श्रीमतीको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ ।

घाइते हेमन्तको शरिरका विभिन्न भागमा चोट लागेको छ भने सावित्रीको दाहिने हातको कुहिनामा चोट लागेको छ । मृत चितुवा घटनास्थलमा रहेको र सव डिभिजन वन कार्यालय पालुङबाट खटिएका कर्मचारीहरूले कानुनी प्रक्रियाअनुसार मृत चितुवाको व्यवस्थापन गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप