दुई जनालाई घाइते बनाउने चितुवाको मृत्यु
हेटौँडा । २ जनालाई घाइते बनाएको चितुवाको मृत्यु भएको छ । बुधवार साँझ थाहा नगरपालिकाको अङ्गारे टोलमा आक्रमण गरेर २ जनालाई घाइते बनाएको चितुवाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार साँझ १९ः २० बजेको समयमा थाहा–२ अंगारेटोलमा चितुवाको आक्रमणबाट स्थानीय वर्ष ६६ का हेमन्तप्रसाद ढकाल र निजको श्रीमती वर्ष ६० की सावित्री ढकाल घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार मानिसलाई घाइते बनाएपछि स्थानीयहरूले चितुवासँग प्रतिकार गरेका थिए । स्थानीयको प्रतिकार पछि चितुवा भाग्दै जाँदा नजिक रहेको पुड्खेल खोलाको ग्याविन वालमा ठोक्किएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । घाइते ढकाल र उनकी श्रीमतीको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ ।
घाइते हेमन्तको शरिरका विभिन्न भागमा चोट लागेको छ भने सावित्रीको दाहिने हातको कुहिनामा चोट लागेको छ । मृत चितुवा घटनास्थलमा रहेको र सव डिभिजन वन कार्यालय पालुङबाट खटिएका कर्मचारीहरूले कानुनी प्रक्रियाअनुसार मृत चितुवाको व्यवस्थापन गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण