रोनाल्डोको निर्णायक गोलमा अल-नासर विजयी
बिहीबार, ०३ फागुन २०८०, ०९ : ०६

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको एक मात्र गोलको मद्दतले अल-नासरले एएफसी च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा अल फेइहालाई पराजित गरेको छ ।
३९ वर्षीय खेलाडीले ८१ औँ मिनेटमा गरेको गोल खेलमा निर्णायक बन्यो । मार्सेलो ब्रोजोविचसँग तालमेल मिलाउँदै रोनाल्डोले गोल गरेका थिए ।
यसअघिसम्म पोर्चुगलका कप्तानले खेलमा खासै योगदान गर्न सकिरहेका थिएनन् । तर, दोस्रो हाफपछि भने अल-नासरले खेलमा नियन्त्रण बनाउँदै गोलको अवसरहरू सिर्जना गर्न सुरु गरेको थियो । अन्ततः रोनाल्डोले गोल गर्दै टोलीलाई जीत दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण