शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतो पक्षले घोषणा गर्‍यो डेढ महिने कार्यक्रम

बिहीबार, ०३ फागुन २०८०, १८ : १३
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो पक्षले आफ्ना विभिन्न सङ्घर्षका कार्यक्रमको तय गरेको छ ।  रातोपाटीलाई प्राप्त कार्य तालिकाअनुसार महतो पक्षले माघ २५ गतेदेखि चैत १ गतेसम्म विभिन्न १९ वटा कार्यक्रम तय गरेको हो । उनीहरुले फागुन १६ गते काठमाडौँका निषेधित क्षेत्र तोड्ने र प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् । त्यसको  तयारीका लागि फागुन १२ गते बैठक बोलाइएको छ ।  

फागुन ४ गते उपत्यका विशेष ब्युरोको भेला तथा प्रशिक्षण कार्यक्रम राखिएको छ भने फागुन ५ गते खुलामञ्च अतिक्रमणविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ । सो प्रदर्शनको जिम्मेवारी नेवा: र तामाङ राष्ट्रिय बाहिनीले गर्नेछ भने त्यसको नेतृत्व योङ इन्डिजिनिष्ट लिग (वाइआइएल) ले गर्ने छ । 

फागुन ७, ८ र ९ गते योङ इन्डिजिनिष्ट लिगले प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । फागुन १० र ११ गते उपत्यका विशेष ब्युराको प्रशिक्षण कार्यक्रम राखिएको छ भने फागुन १३, १४ र १५ गते मधेशका अगुवालाई काठमाडौँमा विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको कार्य तालिकामा उल्लेख छ । 

फागुन १४ गते उपत्यका विकास प्राधिकरणलाई घेर्ने र प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ । त्यसको नेतृत्व योङ इन्डिजिनिष्ट लिगले गर्नेछ । फागुन १९ गते योङ इन्डिजिनिष्ट लिगको नेतृत्वमा लप्सी फेदीमा प्रदर्शन र ग्राम गणतन्त्रको घोषणा गर्ने कार्यक्रम रहेको छ । 

स्ट्रगल एगेनेस्ट मर्जिनाइलेजेशन अफ नेशनालिटी इन नेपाल (समान) ले फागुन २० गते १२ वटा राष्ट्रिय परिषद्को घोषणा गर्नुका साथै लिग अफ फस्ट नेशन गठन गर्ने कार्यक्रम रहेको छ । उपत्यका विशेष ब्युरोद्वारा फागुन २१ गते १९ वटा आर्कको घोषणा गर्नुको साथै फागुन २२ गते मधेश ब्युरोद्वारा राष्ट्रिय मुक्ति क्रान्तिका लागि जनकपुरमा विशेष भेलाको आयोजना गर्ने कार्यक्रम रहेको छ । 

फागुन २७ गते सबै पक्षले प्रदर्शनको तयारीका लागि बैठक बस्ने कार्यक्रम तय गरेको छ । चैत १ गते स्ट्रगल एगेनेस्ट मर्जिनाइलेजेशन अफ नेशनालिटी इन नेपाल (समान) द्वारा विशेष अभियानको घोषणा गर्ने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप