नामिबियासँग ४ विकेटले हार्यो नेपाल
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो ।
नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बलमा चार चौका हिर्काए । त्यस्तै जान निकोल लोफ्टी इटनले ३० बलमा ३१ रनको पाली खेले । उनले ५ चौका हिर्काए ।
ओपनर माइकल भान लिनगेनले २३ तथा अर्का ओपनर निकोलास डाविनले १५ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए । रोहित पौडेलले पनि एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए ।
करण केसीले ३८ बलमा १६ रन बनाए । कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए । पवन शर्राफले १२ रन बनाए ।
नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो । नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ । नेपालले दोस्रो खेल आगामी फेब्रुअरी १७ मा नेदरल्याण्ड्सविरुद्ध खेल्ने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण