नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ८६ करोडको कारोबार
बिहीबार, ०३ फागुन २०८०, १५ : १७
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ५ अंकले वृद्धि हुँदै २०७६ अंकमा अडिएको नेप्से सूचक आज १४.४६ अंकले पुनः घटेर २०६२.०३ अंकमा झरेको हो ।
आज कारोबार समेत घटेर ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो दिन ५ अंकले वृद्धि नेप्से वृद्धि हुँदा ४ अर्ब ११ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
म्यानु एण्ड प्रो उपसूचक बाहेक अन्य १२ वटा उपसूचक आज ऋणात्मक भएका छन् ।
यस दिन २४९ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा १६३ वटा कम्पनीको मूल्य घटेको छ भने ७९ वटाको मूल्य केही बढेको छ ।
बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतले वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण