बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
विधान अधिवेशन

माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने

बिहीबार, ०३ फागुन २०८०, १६ : ४२
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ । 

पार्टीको विधान अधिवेशनमा २० समूहबाट प्राप्त सुझावको निष्कर्ष सुनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने निष्कर्ष सुनाएका हुन् ।

आवश्यकता अनुसार आगामी दिनमा पार्टीको नाम भने फेर्न सकिने उनको भनाइ रहेको एक नेताले बताए ।

नाम र चुनाव चिह्नका विषयमा कुनै खास समयमा निर्णय गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले धेरै कम्युनिष्ट पार्टीबीच एकता हुने अवस्थामा नाम फेर्न सकिने तर अहिले यथावत राख्ने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप