शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ओरा ०३ ईभीमा ५ लाखसम्मको लाभ

बिहीबार, ०३ फागुन २०८०, १७ : ०३
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । भिजी इम्पेक्स प्रालि नेपालका लागि जीडब्लुएमका सवारीसाधनहरूका आधिकारिक आयातकर्ता र वितरकले ओरा ०३ इलेक्ट्रिक कारका लागि नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्नेछन् । 

यो योजनाको अवधि माघ २८ देखि फागुन ३० सम्म रहेको छ, जसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत् बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरिज प्राप्त गर्न सक्नेछन् ।

ओरा ब्रान्ड अन्तर्गत ओरा ०३ ईभी सबैभन्दा लोकप्रिय मोडलहरू मध्ये एक हो, जुन जीडब्लुएमको इलेक्ट्रिक सवारीसाधनमा पर्दछ । यसको रेट्रो– मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाहरूले भरिपूर्ण भएका कारण अस्ट्रेलिया, न्यूजिल्याण्ड, इङ्गल्याण्ड, जर्मनी, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशहरूमा छिटो र धेरै लोकप्रियता पाइरहेको कम्पनीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप