ओखलढुंगामा स्कारपियो दुर्घटना, चालकको मृत्यु
बिहीबार, ०३ फागुन २०८०, १८ : ०१
ओखलढुंगा । ओखलढुंगामा स्कारपियो दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–५ ओखरबोटस्थित सडकमा प्राप्चाबाट खोलाखर्क तर्फ आयु मोलुङ हाईड्रोपावर कम्पनीको कर्मचारी लिई जाँदै गरेको बा.२० च ४८६२ नम्बरको
स्कारपियो गाडी दुर्घटना हुँदा चालक मोरङ घर भएका २६ वर्षीय गणेश रसाईलीको घट्नास्थलमै मृत्यु भएको हो ।
गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय फिट तल खसेर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । गाडीमा सवार ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको सामुदायिक मिसन अस्पतालमा उपचारको भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि
काठमाडौँतर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण