गौरिका र एलेक्सद्वारा नयाँ राष्ट्रिय रेकर्ड कायम
काठमाडौँ । कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पार्दै रेकर्ड कायम गरेकी जलपरी गौरिका सिंहले आफ्नो पुरानो स्थापित रेकर्डलाई पुनस्थापित गरेकी छिन् ।
गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरको ३१.४४ सेकेन्ड समयको समयमा ०.६४ सेकेन्डले सुधार गर्दै ३०.८० सेकेन्ड समयको नयाँ रेकर्ड स्थापित गरेकी छिन् ।
गौरिकाको यो दोस्रो राष्ट्रिय कीर्तिमान हो । उनले १०० मिटर ब्याकस्ट्रोकमा पनि १ मिनट ५.४७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी थिइन् ।
यस्तै सोही च्याम्पियनसिपमा सहभागिता जनाईरहेका एलेक्सजेन्डर शाहले पनि आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।
१०० मिटर फ्रिस्टायलमा एलेक्सले ५२.१७ सेकेन्डको समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यस अघि एलेक्सले जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिप २०२३ मा ५२.९४ सेकेन्ड समयको राष्ट्रिय रेकर्ड राखेका थिए ।
अव नेपालको तर्फबाट एलेक्सले ५० मिटर फ्रिस्टायलमा भोली शुक्रबार प्रतिस्पर्धा गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण