शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गौरिका र एलेक्सद्वारा नयाँ राष्ट्रिय रेकर्ड कायम

बिहीबार, ०३ फागुन २०८०, २० : ४३
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पार्दै रेकर्ड कायम गरेकी जलपरी गौरिका सिंहले आफ्नो पुरानो स्थापित रेकर्डलाई पुनस्थापित गरेकी छिन् ।

गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरको ३१.४४ सेकेन्ड समयको समयमा ०.६४ सेकेन्डले सुधार गर्दै ३०.८० सेकेन्ड समयको नयाँ रेकर्ड स्थापित गरेकी छिन् ।

गौरिकाको यो दोस्रो राष्ट्रिय कीर्तिमान हो । उनले १०० मिटर ब्याकस्ट्रोकमा पनि १ मिनट ५.४७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी थिइन् ।

यस्तै सोही च्याम्पियनसिपमा सहभागिता जनाईरहेका एलेक्सजेन्डर शाहले पनि आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।

१०० मिटर फ्रिस्टायलमा एलेक्सले ५२.१७ सेकेन्डको समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यस अघि एलेक्सले जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिप २०२३ मा ५२.९४ सेकेन्ड समयको राष्ट्रिय रेकर्ड राखेका थिए ।

अव नेपालको तर्फबाट एलेक्सले ५० मिटर फ्रिस्टायलमा भोली शुक्रबार प्रतिस्पर्धा गर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप