फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक
बिहीबार, ०३ फागुन २०८०, २१ : ४५
काठमाडौँ । फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा एक्सन दृश्यसहित सौगात मल्ल र नाजिर हुसेनको मित्रता देखाइएको छ। सस्पेन्स–थ्रिलर फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायत कलाकारको अभिनय छ।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्। नेपालभर डिसिएनले वितरण गर्ने फिल्म फागुन १८ गतेदेखि प्रदर्शन हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण