रुसले क्यान्सरको भ्याक्सिन चाँडै सार्वजनिक गर्ने
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई छ ।
सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले क्यान्सर रोगविरुद्धको खोप चाँडै नै सर्वसाधारणका लागि उपलब्ध गराइने पनि बताए । यद्यपि, उनले यो खोपले कुन विशेष प्रकारको क्यान्सर विरुद्ध काम गर्छ वा सबैमा काम गर्छ भन्ने स्पष्ट गरेनन् ।
क्यान्सरको प्रभावकारी उपचार विगत केही दशकदेखि विश्वभर खोजी भइरहेको छ । अहिले जर्मनीको कम्पनी बायोटेक, अमेरिकी कम्पनी मोडर्ना र मर्कले क्यान्सर भ्याक्सिनमा काम गरिरहेका छन् । तथापि, यी सबै एक विशेष प्रकारको क्यान्सरमा सीमित छन् ।
यसै गरी, अमेरिकी राष्ट्रपति चुनावको सन्दर्भमा पुटिनले भने कि उनी डोनाल्ड ट्रम्पको सट्टा जो बाइडेनलाई फेरि राष्ट्रपति बनेको हेर्न चाहेको पनि बताएका छन् । उनले रुसको दृष्टिकोणबाट बाइडेन सत्तामा हुनु फाइदाजनक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचनको मध्यरातको मतपरिणाम : कसको कति मत ?
-
बझाङको ताजा मतपरिणाम : एमालेका उम्मेदवार थोरै मतान्तरले अगाडि
-
इलाम २ मा सुहाङले ५ हजार मत कटाउँदा कसले कति पाए ?
-
गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो
-
इलाम २ मतगणना : यस्तो छ पछिल्लो मतपरिणाम, कसको कति मत ?
-
बझाङमा एमाले उम्मेदवारको ५ सय मतको अग्रता, कसले कति मत ल्याए ?