युरोपा लिगमा मिलानको सहज जीत, रोमा रोकियो
काठमाडौँ । बेलायती मिडफिल्डर रुबेन लोफ्टस–चिकको दुई गोलको मद्दतले इटालियन क्लब एसी मिलानले रेनमाथि सहज जीत हासिल गरेको छ । युरोपा लिगको नकआउट चरणको प्लेअफअन्तरगत पहिलो लेगको खेलमा मिलान ३-० गोलले विजयी बन्यो ।
२८ वर्षीय खेलाडीले ३२ औँ मिनेटमा अलेसान्ड्रो फ्लोरेन्जीको क्रसमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा उनले अर्को गोल थपे भने ५ मिनेटपछि राफायल लियोले तेस्रो गोल गर्दै टोलीलाई जीत दिलाए । लोफ्टस–चिकले मिलानका लागि पछिल्ला ५ खेलमा पाँच गोल गरेका छन् ।
उता अर्को इटालियन क्लब रोमा भने फयनुर्डसँग १–१ गोलको बराबरी खेल्न बाध्य बनेको छ । खेलमा इगोल पाइसाओले फेयनुर्डलाई अग्रता दिलाएका थिए । तर ६७ औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेल बराबरी गरे ।
युरोपा लिग प्लेअफमा युरोपा लिगको समूहमा दोस्रो भएका र च्याम्पियन्स लिगको समूहमा तेस्रो बनेका टोलीबिच खेल हुन्छ । यो चरणमा विजेता बनेका टोली युरोपा लिगको समूह विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण