नेप्सेमा सूचीकृत २७१ कम्पनीको वर्गीकरण, कुन कम्पनी कुन वर्गमा परे ?
काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सूचीकृत २७१ वटा कम्पनीलाई विभिन्न चार वर्गमा वर्गीकरण गरिएको छ । कम्पनीको वित्तीय स्थिति, चुक्ता पुँजी, वार्षिक कारोबार, सञ्चालन तथा मुनाफाको आधारमा ए, बी, जी र जेड गरी कम्पनीहरुलाई चार वर्गमा वर्गीकरण गरेको हो ।
चुक्ता पुँजी कम्तिमा १ अर्ब रुपैयाँ रहेको, सञ्चालनमा आएको ३ वर्ष पुरा भएकोदेखि विगत ३ वर्षदेखि लगातार मुनाफा गएर लाभांश वितरण गरिरहेको कम्पनीलाई नेप्सेले ए वर्गमा राखेको छ । यस्तो राम्रा कम्पनीहरु ३१ वटा वर्ग ‘ए’ मा परेका छन् ।
यस्तै, चूक्ता पूँजी कम्तीमा ५० करोड भएका, नेप्सेमा सूचीकरण भएको ३ वर्ष पूरा भएको तर पछिल्लो तीन आर्थिक वर्षमध्ये कुनै दुई आर्थिक वर्ष नाफा गरेको, संचित नोक्सानी नरहेको र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरेको कम्पनीहरुलाई नेप्सेले ‘बी’ वर्गमा वर्गीकरण गरेको छ । यस्तो कम्पनीको संख्या ३५ वटा रहेको छ ।
यस्तै नेप्सेमा सूचीकृत भएको २ वर्ष पूरा नभएका नयाँ कम्पनीहरुलाई नेप्सेले वर्ग जी मा राखेको छ । यस्तो कम्पनीहरुको संख्या ७० रहेको छ । यस्तै अन्तिम वर्ग जेडमा १३५ वटा कम्पनीहरु परेका छन् ।
त्यस्तै सूचीकृत भएको २ वर्ष पनि पूरा नभएका कम्पनी जी समूहमा पर्दछन् भने अघिल्ला ३ समूहमा नपरेका सबै कम्पनी जेड समूहमा पर्दछन् । जी समूहमा ७० र जेड समूहमा १३५ कम्पनीहरु परेका छन् । आर्थिक वर्ष २०८०÷८१ पुस मसान्तसम्म अद्यावधिक विवरणअनुसार कम्पनीहरुको वर्गीकरण गरेको नेप्सेले जनाएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण