सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
भूकम्प गएको ८ वर्ष बित्यो, पुरानो संसद् भवनको अवस्था उस्तै (तस्बिरहरु)
फोटोफिचर

भूकम्प गएको ८ वर्ष बित्यो, पुरानो संसद् भवनको अवस्था उस्तै (तस्बिरहरु)

शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । २०७२ सालको महाभूकम्प गएको ८ वर्ष बित्दा पनि सिंहदरबारस्थित पुरानो संसद् भवनको अवस्था उस्तै रहेको छ । महाभूकम्पमा भत्किएको पुरानो संसद्को भवनको पुनः निर्माण  नहुँदा जीर्ण बनेको हो । हाल बानेश्वरस्थित अन्तर्राष्ट्रिय सभा सम्मेलनमा संसद् चलिरहेको छ । यस्तै सरकारले सिंहदरबारभित्र नयाँ भवन पनि बनाइरहेको छ । 

तर चन्द्र शमशेरको पालामा निर्माण  भएको ऐतिहासिक भवनलाई भने सरकारले बेवास्ता गरेको छ । २०१६ देखि २०६४ सम्म सदुपयोग भएको यो भवन अहिले भने दुरुपयोग भइरहेको छ । हाल यो भवनमा संसद् सचिवालयले 

फर्निचर राख्ने गोदाम बनाएको छ । पुरानो र ऐतिहासिक यो भवन निर्माणका लागि सहरी विकास मन्त्रालयले ४० करोड रुपैयाँ बजेट छुट्याएको छ । तर काम भने सुरु हुन सकेको छैन ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया