बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

खेलाडी पुनम श्रेष्ठलाई उपचार खर्च निकासा

शुक्रबार, ०४ फागुन २०८०, १६ : ३६
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौं। चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकृया पूरा भएको ४८ घण्टामा निकासा गरेको छ ।

खेलाडी पुनम श्रेष्ठले एसियाली खेलकुदमा खेल्ने क्रममा दायाँ खुट्टाको घुडाको एसीएल टियरको शल्यक्रिया गर्नु पर्ने भएकोले राखेपमा २०८० साल माघ ४ गते निवेदन दर्ता गराएकी थिइन् । निवेदन दर्ता गराउदा ठाडो निवेदन बाहेक अन्य आवश्यक कागजात केहि थिएन । आर्थिक नियमावली अनुसार ठाडो निवेदनको भरमा कसैलाई पनि भुक्तानी निकासा दिन नमिल्ने भएकोले राष्ट्रिय खेलकुद परिषद्ले नै १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता समेत रहेकी पुनम श्रेष्ठलाई नेपाल जुडो संघमार्फत ताकेता गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को ताकेतापछि मात्र बिलहरु प्राप्त भइ २०८० साल फागुन १ गते प्रकृया पूरा भएको थियो । सोही दिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवले पुनम श्रेष्ठको उपचार खर्चको फाइल सदर गरेका थिए । फाइल सदर भएको भोलिपल्ट नै फागुन २ गते पुनम श्रेष्ठलाई उपचार खर्च वापत १ लाख ४७ हजार ५९ रुपैयाँ राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराइसकेको राखेपले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप