पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु
पोखरा । पोखरामा १८ औँ संस्करणको पोखरा म्याराथन सुरु भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा विभिन्न इभेण्टका स्पर्धा सुरु भएको हो । म्याराथनमा नेपाल सहित १५ राष्ट्रका १०८ जना धावकले सहभागिता जनाएका छन् ।
महिलातर्फ हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १२९, महिलामा २९, छात्र ५ किमीमा ५९०, छात्रामा ४८० को जनाको सहभागिता छ । प्रतियोगितामा कुल ५० विदेशी धावक सहभागी छन् ।
म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख र सान्त्वना हुनेले ३० हजार रुपैयाँ पाउनेछन् । गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
१० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । पाँच किमी छात्र–छात्रा र भेट्रान दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् ।
पोखरामा १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन गरिएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार सो प्रतियोगिता गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याराथनको शुभारम्भ गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण