आईसीसी विश्वकप लिग-२ क्रिकेट
नेदरल्यान्ड्सले नवौँ विकेट गुमायो
शनिबार, ०५ फागुन २०८०, ११ : ५५

काठमाडौँ । नेदरल्यान्ड्सविरुद्ध नेपालले नवौँ सफलता हात पारेको छ । ३५ औँ ओभरमा नेपालले नवौँ विकेट लिन सफल भएको हो ।
३३ रन रन बनाएका कप्तान स्कट एडवार्ड्सलाई कुशल भुर्तेलले आउट गरेका हुन् । ३४.३ ओभरमा नेदरल्यान्ड्सले ९ विकेटको क्षतिमा १ सय २७ रन बनाएको छ ।