प्रधानमन्त्री बनेकाहरूले आफ्नो घर बनाए पनि देश बनाउन सकेनन् : भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेपालीले नेपालभित्र नै नेपाल खोज्न नसकेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको प्राकृतिक स्रोत साधनको सही तरिकाले परिचालन र सही तरिकाले देशको नेतृत्व गर्न नसकिएको बताएका हुन् ।
वीर गोर्खाली भनेर संसारलाई स्वतन्त्र बनाउन हिँडेकाहरूलाई देश विकासमा लगाउन नसक्नु ठुलो कमजोरी भएको उनले बताए । नेता भण्डारीले मन्त्री, प्रधानमन्त्री बनेकाहरूले आफ्नो घर बनाए पनि समग्र नेपाल बनाउनेबारे नसोचेको बताए । नेताहरूले थोरै लोभ त्याग्ने र कर्मचारीहरूले छिटो–छिटो काम गर्दिने हो भने असन्तुष्टिहरू काम हुँदै जाने उनको दाबी छ । अहिलेको स्थितिको समाधानका लागि सबै राजनीतिक दलहरूले आफूभित्रै परिवर्तन गर्नुपर्ने उनले बताए ।
मुलुक बिगार्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने उनले बताए । वरिपरि गरिब राखेर बिचको ठुलो घर अब धेरै दिन टिक्दैन भन्ने सन्देश दिन आवश्यक रहेको उनले बताए ।
कांग्रेसको महासमितिको बैठकमा दस्ताबेज बनाउँदा र कार्यक्रम ल्याउँदा जनतासँग जोडिएका, किसानसँग जोडिएका र राज्यका संरचनासँग जोडिएका कुराहरूलाई अगाडि बढाउने उनले बताए ।
अहिले नेपालको राजनीतिक नेतृत्व अत्यन्त कमजोर रहेको दाबी गर्दै उनले संविधान संशोधनको कुरा उठाउँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताए । अहिले कांग्रेसमा उठिरहेको हिन्दु राष्ट्रको बहस एकआपसमा छलफल र समीक्षा हुने बताए । आफू लागेको बाटोलाई यो राम्रो नराम्रो भन्नुभन्दा पनि जनताको भावनालाई कदर गर्नुपर्ने उनको भनाइ छ । धर्मनिरपेक्षताको पक्षमा कांग्रेसले पनि हस्ताक्षर गरेको भन्दै आफू यसको विरुद्धमा नबोल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण