काँग्रेस नेतृत्वको सरकार निर्माणमा विलम्ब गर्नुहुँदैन: सांसद शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्ब गर्न नहुने बताएका छन् । पार्टीको फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका आफूले छुट्टै पेस गर्ने प्रस्ताव शनिबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै शर्माले वर्तमान अप्राकृतिक गठबन्धनका कारण नेपाली काँग्रेस जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको प्रश्न उठिरहेको दाबी गरेका हुन् ।
सांसद शर्माले पार्टीको रूपान्तरण र आफू नेतृत्वको जनमुखी सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्ने आफ्नो प्रस्ताव रहेको पनि स्पष्ट पारे । भ्रष्टाचार र कुशासनले थिलथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न नमिल्ने उनको भनाई थियो ।
सांसद शर्माले वर्तमान गठबन्धनको अन्त्य गरी सरकार निर्माणको ढाँचा बदल्ने कुरामा काँग्रेसले बेवास्ता गर्न नमिल्ने जिकिर पनि गरे । उनले भने, ‘भ्रष्टाचार र कुशासनले थिलथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न मिल्दैन । काँग्रेस आफ्नो नीतिमा प्रस्ट हुन जरुरी छ । काँग्रेसले आफू नीतिमा प्रस्ट हुनुपर्छ । र आफू सम्मिलित सरकारलाई सुशासन, डेलिभरीसहित जनमुखी बनाउनु पर्छ । नसके काँग्रेसका लागि आउने दिनहरू कठिन छन् । लोकप्रियतावादीहरू र अतिवादीहरू अहिले नेपाली काँग्रेसका मुख्य चुनौती हुन् । काँग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखी सरकार निर्माण गर्ने कुरामा विलम्ब गर्नुहुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण