बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मास्टर नेत्रले विश्व वरीयता जी–२ यूएस ओपनमा प्रतिस्पर्धा गर्दै

आइतबार, ०६ फागुन २०८०, १० : ३४
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । तेक्वान्दो खेलाडी तथा प्रशिक्षक मास्टर नेत्रबहादुर घर्ती मगरले विश्व वरियता जी–२ २०२४ यूएस ओपन तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।

अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा फेब्रुअरी १६ देखि १८ सम्म हुने प्रतियोगिता विश्व तेक्वान्दोको आयोजना तथा यूएसए तेक्वान्दो र यूएसए ओलम्पिक कमिटीको संयोजनमा हुँदैछ । 

ओलम्पिक, विश्व च्याम्पियनसिप र ठुला प्रतियोगिता खेलिसकेका खेलाडी समेतको सहभागिता रहने प्रतियोगितामा २ हजार १ सय ४० खेलाडीको सहभागिता रहने तेक्वान्दो रेफ्र जगन अधिकारीले जानकारी गराएका छन् । यसअघि मगरले क्यानडामा भएको क्यानडा ओपन विश्व वरीयता जी–२ मा सहभागिता जनाएका थिए । मगर सिधै क्यानडाबाट यूएसए गएका हुन् । 

उनले २०२२ मा यूएसएको मिचिगन सिटीमा आईओएफटिसी को आयोजनामा सम्पन्न भएको  १३ औ अन्तर्राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्न सफल भएका थिए । मगर विगत आठ वर्षदेखि युएईको आबुधाबीस्थित बारुदी स्पोर्टस् क्लबमा प्रशिक्षकको रूपमा कार्य गर्दै आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप