सावधान ! कटन क्यान्डीमा भेटियो क्यान्सर गराउने केमिकल
काठमाडौँ । मेला होस् या बजार कटन क्यान्डी देख्ने बित्तिकै साना बालबालिकाहरु किन्ने जिद्दी गर्न थाल्छन् । रोई कराई गरेर भए पनि नखाई छाड्दैनन् । ठुलै मान्छेले पनि यो रमाई रमाई खाएको देखिन्छ । बालबच्चामाझ बढी नै लोकप्रिय यो मिठाईमा क्यान्सर उत्पन्न गराउने केमिकल भेटिएको छ । चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका छन् । यो केमिकल खासगरी कपडा उद्योगमा प्रयोग गरिन्छ ।
शरीरभित्र गएपछि यो क्यान्सर उत्पन्न गर्ने कारक बन्न सक्छ । यो रिपोर्ट सार्वजनिक भएपछि भारतको पुडुचेरी र तमिल नाडु सरकारले यसमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको उद्देश्य क्यान्डी बनाउने, क्रेता र उपभोगकर्ताबिच यसमा रहेको हानिकारक केमिकलबारे जागरूकता बढाउनु भएको तमिलनाडुका स्वास्थ्य मन्त्री एम सुब्रमण्यमले भने । खान मिठो लाग्ने भए पनि यो स्वास्थ्यको लागि अति नै खतरनाक भएको पनि उनले बताए । सबैतिर सतर्कता र सचेतना फैलिए पनि बिना रङ्गको कटन क्यान्डी बेचिने उनले बताए ।
कटन क्यान्डी खाँदा हुन सक्ने क्षति
स्वास्थ्य अधिकारीहरूका अनुसार रोडोमाइन–बी एक प्रकारको डाई हो । यसको प्रयोग छाला चम्काउनदेखि कागज छाप्न समेत प्रयोग हुन्छ । यो स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छ । शरीरमा गयो भने यसले पेट फुल्ने, जिउ चिलाउने, सास फेर्नमा समस्या आदि गराउँछ । लामो समयसम्म यसको सेवन गर्दा किड्नी, लिभर र आन्द्रामा जमेर किड्नी र लिभर फेल हुने र आन्द्राको क्यान्सर गराउने स्वास्थ्य अधिकारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण