लसुनको भाउ बढ्यो, प्रतिकिलो थोक मूल्य ३ सय ४० रुपैयाँ
आइतबार, ०६ फागुन २०८०, १३ : ०५
काठमाडौँ । नेपालमा लसुनको भाउ बढेको छ । एक महिनाको तुलनामा ८३.७८ प्रतिशतले मूल्य वृद्धि भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत महिना प्रतिकेजी सुकेको चाइनिज लसुनको मूल्य १८५ रुपैयाँ थियो ।
हाल सो लसुनको मूल्य प्रतिकेजी ३४० रुपैयाँ थोक मूल्य पुगेको छ । नेपालमा हाल नयाँ लसुन नआएकाले लसुनको मूल्यमा वृद्धि भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
हाल बजारमा आपूर्ति हुने लसुन अधिकांश चीनको लसुन रहेको उनको भनाई छ । नेपाली लसुन केही भेटिए पनि बिग्रिएको हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण