लसुनको भाउ बढ्यो, प्रतिकिलो थोक मूल्य ३ सय ४० रुपैयाँ
आइतबार, ०६ फागुन २०८०, १३ : ०५

काठमाडौँ । नेपालमा लसुनको भाउ बढेको छ । एक महिनाको तुलनामा ८३.७८ प्रतिशतले मूल्य वृद्धि भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत महिना प्रतिकेजी सुकेको चाइनिज लसुनको मूल्य १८५ रुपैयाँ थियो ।
हाल सो लसुनको मूल्य प्रतिकेजी ३४० रुपैयाँ थोक मूल्य पुगेको छ । नेपालमा हाल नयाँ लसुन नआएकाले लसुनको मूल्यमा वृद्धि भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
हाल बजारमा आपूर्ति हुने लसुन अधिकांश चीनको लसुन रहेको उनको भनाई छ । नेपाली लसुन केही भेटिए पनि बिग्रिएको हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला गोल्डकप : पुलिस र रौतहट भिड्ने
-
फास्ट ट्र्याक निर्माण सम्बन्धमा प्रतिनिधिसभामा ध्यानाकर्षण पत्र दर्ता
-
तस्बिरमा हेर्नुहोस् कक्षा १२ को परीक्षा
-
कहिले सञ्चालनमा आउँछ अवरुद्ध कान्ति लोकपथ ?
-
यसरी हुँदै छ शिक्षक र सरकारबिचको ९ बुँदे सहमति कार्यान्वयन
-
वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित