देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा (तस्बिरहरू)
आइतबार, ०६ फागुन २०८०, १५ : ०३
_7r8xr4FD8G.jpg)
काठमाडौँ । आज देशभरबाट करिब ३ हजार लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा आइपुगेका छन् । उनीहरू आउने क्रम जारी रहेको सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले जानकारी दिए । करिब ६ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरू मुस्लिन हुँदै काठमाडौँ आइपुगेका हुन् ।
सरकारले समिति बनाएर पनि केहि काम नगरेकोले पुनः सरकारलाई झकझकाउन आएको बर्दियाका पीडित जीवन सुनारले बताए । मुग्लिनबाट हिँडेका उनीहरू ६ दिनका दिन हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए । आज उनीहरू थानकोटबाट र्यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार