कांग्रेस महासमिति बैठक स्थल गोदावरीमा नेता-कार्यकर्ताको चहलपहल
_CmgEGZxynG.jpg)
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक स्थलमा चहलपहल शुरु भएको छ । सोमवारबाट ललतिपुरको गोदावरीमा शुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ ।
कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् । बैठकस्थलमा विभिन्न सामग्रीहरुको सजावट देख्न सकिन्छ ।
प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर राखिएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्नेछन् ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
त्यस्तै प्रवक्ता डा.प्रकाश शरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरी समूहगत रूपमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रीति, प्रकाश र रचनाले साउदी तताउने
-
रवि लामिछानेको तर्फबाट सर्वोच्चमा निवेदन सच्याउन अर्को निवेदन
-
किन भइरहेछ डोनाल्ड ट्रम्पको आलोचना ?
-
एनआरएनए विवाद रोचक मोडमा : सत्ता पक्षबाटै दुई अध्यक्ष !
-
‘ट्यालेन्ट अफ नेपाल’ आउने, जर्जमा रेखा, थानेश्वर र निशा
-
रातिदेखि परेको वर्षाले लछप्पै भिज्यो काठमाडौँ उपत्यका (तस्बिरहरू)