कोरियन भाषा परीक्षा आजदेखि सुरु
_5xasihf8bm_DkXjQYG4uL.webp)
काठमाडौँ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।
परीक्षा एक दिनमा पाँचवटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन् ।
“पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन्, शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएका छौँ, अन्य सिफ्ट त्यसपछि तय गरिने छ”, उनले भने ।
परीक्षार्थीहरु परीक्षाको एक दिनअघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । परीक्षा सुरु हुनुअघि एक घण्टा अगाडि परीक्षा हलमा ओरेन्टेसन शुरु हुनेछ साथै निर्धारित समयमा उपस्थित नभए परीक्षामा सहभागी नगराइने निर्देशक कडेलले जानकारी दिइन् ।
परीक्षामा मोबाइल फोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ । परीक्षामा चिट चोर्ने, नक्कल गरेकोलगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुकासाथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने कार्यालयले जनाएको छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच केही दिन एकता नहुने
-
राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा सुब्बा
-
जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रम सुरु
-
आन्तरिक रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान जरुरी : मुख्यसचिव अर्याल
-
रोजगारी वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई देउवाको सुझाव
-
संविधान संशोधन गर्छु भनेर सरकार बनाएका कांग्रेस र एमाले पन्छिन थाले : माधव नेपाल