पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार, ०७ फागुन २०८०, १४ : ५५
बुटवल । पाल्पामा टिपर दुर्घटना भएको छ । सोमबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
रुपन्देहीको देव दह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुङ्गा खानीमा जाँदै गरेको लु२ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङमा दुर्घटना भएको छ ।
दुर्घटनामा चालक र सह–चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी टिपरका सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने १८ वर्षीय मनीष परियार र सोही स्थान बस्ने चालक २४ वर्षीय प्रदीप कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण