पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार, ०७ फागुन २०८०, १४ : ५५

बुटवल । पाल्पामा टिपर दुर्घटना भएको छ । सोमबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
रुपन्देहीको देव दह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुङ्गा खानीमा जाँदै गरेको लु२ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङमा दुर्घटना भएको छ ।
दुर्घटनामा चालक र सह–चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी टिपरका सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने १८ वर्षीय मनीष परियार र सोही स्थान बस्ने चालक २४ वर्षीय प्रदीप कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू
-
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
-
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलद्वारा उठेर विरोध
-
युक्रेनमा रुसको सबैभन्दा ठूलो आक्रमण, रातारात ४७९ ड्रोन प्रहार
-
बीएमडब्लूको इलेक्ट्रिक कार नेपाली बजारमा, मूल्य कति ?
-
अघिल्लो सरकारले अघि सारेका कार्यक्रम वर्तमान सरकार हटायो : प्रचण्ड