बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एक वर्षमा ९ हजारभन्दा बढी व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित

सोमबार, ०७ फागुन २०८०, १६ : २२
सोमबार, ०७ फागुन २०८०

काठमाडौँ ।  सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्सेकले सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत यो तथ्यांक सार्वजनिक गरेको हो । 
इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२३ मा मानव अधिकार उल्लङ्घनका घटनामा ९ सय ८८ जना र ज्यादतीका घटनामा ८ हजार ४ सय जना पीडित भए ।

सन् २०२२ मा यस्ता घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।

इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा मानव अधिकार उल्लङ्घन सूचकाङ्क सार्वजनिक गरेको छ । सूचकाङ्क अनुसार बागमती प्रदेश सबैभन्दा माथि र सूदूरपश्चिम प्रदेश तल छ ।

'मानव अधिकार उल्लङ्घन सूचक एक समग्र सूचकाङ्क हो, जसले मानव अधिकार उल्लङ्घनका सन्दर्भमा नेपालका सात ओटै प्रदेशको सापेक्षिक स्थिति पहिचान गर्न मद्दत गर्दछ,'-इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप