प्रविधिले पत्रकारिताको आकार र स्वरुपमा परिवर्तन गरेको छ : सभामुख पाठक
हेटौंडा । बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रविधिको विकाससँगै पत्रकारिताको आकार र स्वरुपमा परिवर्तन भएको बताएका छन् । वर्तमान समयमा प्रविधिको विकासमा नयाँ आयमको रुपमा प्रस्तुत भएको आर्टिफिसिएल इन्टिलिजेन्सले पत्रकारिताको माध्यमलाई परिवर्तन गरेको उनले बताए ।
सोमबार राष्ट्रिय समाचार समिति (रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख पाठकले सामाजिक संजालले पत्रकारितामाथि नै हस्तक्षेपकारी भूमिका खेलेको बताए । वर्तमान अवस्थामा सामाजिक सञ्जालको तीव्र विकास भएकोले मिडियाहरुले आफ्ना क्रियाकलापलाई पनि सोही हिसाबले परिमार्जन गर्न बहस हुन जरुरी रहेको उनको भनाई छ ।
‘बहुदल पछि पत्रकारिता क्षेत्रमा विकास र प्रविधिको प्रयोग उच्च भएको छ । भविष्यमा प्रविधिमा अन्य परिवर्तन आउन सक्ने देखिन्छ । त्यसैले पत्रकारितालाई सोही ढंगबाट परिष्कृत गर्न बहस सुरु गर्नुपर्छ,’ उनले भने ।
प्रविधिसँगै राससले पनि आफ्नो स्वरुप परिवर्तन गर्न जरुरी रहेको उनले बताए । मिडिया तथा उद्योग धन्दा सरकारले सञ्चालन गर्नु हुन्न भन्ने मानसिकता विकास भइरहेका उनले बताए । देशमा सुशासन र विकासको आवश्यकता रहेकाले अबको बहस त्यसतर्फ केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए । विगतमा पत्रपत्रिकामा आएका समाचार ढुंगामा लेखिएको अक्षर जस्ता हुने र प्रकाशित समाचारले थुप्रै क्षेत्रमा प्रभाव पार्ने गरेको सभामुख पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण