प्रविधिले पत्रकारिताको आकार र स्वरुपमा परिवर्तन गरेको छ : सभामुख पाठक

हेटौंडा । बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रविधिको विकाससँगै पत्रकारिताको आकार र स्वरुपमा परिवर्तन भएको बताएका छन् । वर्तमान समयमा प्रविधिको विकासमा नयाँ आयमको रुपमा प्रस्तुत भएको आर्टिफिसिएल इन्टिलिजेन्सले पत्रकारिताको माध्यमलाई परिवर्तन गरेको उनले बताए ।
सोमबार राष्ट्रिय समाचार समिति (रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख पाठकले सामाजिक संजालले पत्रकारितामाथि नै हस्तक्षेपकारी भूमिका खेलेको बताए । वर्तमान अवस्थामा सामाजिक सञ्जालको तीव्र विकास भएकोले मिडियाहरुले आफ्ना क्रियाकलापलाई पनि सोही हिसाबले परिमार्जन गर्न बहस हुन जरुरी रहेको उनको भनाई छ ।
‘बहुदल पछि पत्रकारिता क्षेत्रमा विकास र प्रविधिको प्रयोग उच्च भएको छ । भविष्यमा प्रविधिमा अन्य परिवर्तन आउन सक्ने देखिन्छ । त्यसैले पत्रकारितालाई सोही ढंगबाट परिष्कृत गर्न बहस सुरु गर्नुपर्छ,’ उनले भने ।
प्रविधिसँगै राससले पनि आफ्नो स्वरुप परिवर्तन गर्न जरुरी रहेको उनले बताए । मिडिया तथा उद्योग धन्दा सरकारले सञ्चालन गर्नु हुन्न भन्ने मानसिकता विकास भइरहेका उनले बताए । देशमा सुशासन र विकासको आवश्यकता रहेकाले अबको बहस त्यसतर्फ केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए । विगतमा पत्रपत्रिकामा आएका समाचार ढुंगामा लेखिएको अक्षर जस्ता हुने र प्रकाशित समाचारले थुप्रै क्षेत्रमा प्रभाव पार्ने गरेको सभामुख पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव