२ लाखभन्दा बढी पर्यटकहरूले गरे म्यानमारका सङ्ग्रहालयको भ्रमण
याङ्गुन । सन् २०२३ को अप्रिल महिनाको सुरुदेखि सन् २०२४ को फेब्रुअरीसम्म २ लाखभन्दा बढी स्वदेशी पर्यटक र ४ हजारभन्दा बढी विदेशी पर्यटकले म्यानमारका विभिन्न सङ्ग्रहालयहरूको भ्रमण गरेका छन् । पुरातत्व विभाग र राष्ट्रिय सङ्ग्रहालयका सहायक निर्देशक विन पा पा माउले सिन्ह्वालाई यस बारे जनाकारी दिए ।
म्यानमारमा पुरातत्व विभाग र राष्ट्रिय सङ्ग्रहालयअन्तर्गत २९ वटा राष्ट्रिय सङ्ग्रहालय छन् । सो अवधिमा संग्रहालयहरूमा पर्यटक आगमनबाट ११० मिलियन क्याट्स (लगभग ५२ हजार ३८० अमेरिकी डलर) प्राप्त भएको थियो।
यी सङ्ग्रहालयहरूमध्ये म्यानमारको राष्ट्रिय सङ्ग्रहालय (याङ्गुन), म्यानमारको राष्ट्रिय सङ्ग्रहालय (नेपी ताव), बागान पुरातात्विक सङ्ग्रहालय, मण्डले सांस्कृतिक सङ्ग्रहालयले सबैभन्दा बढी पर्यटकलाई आकर्षित गरेको उनले जानकारी दिए ।
विगतका वर्षको तुलनामा सङ्ग्रहालयमा धेरै पर्यटक आएकाले पर्यटनको प्रवाहमा वृद्धि हुँदा मुलुकको आम्दानीमा समेत वृद्धि भएको र संस्कृतिको संरक्षणमा टेवा पुगेको उनको धारणा छ ।
उनले देशको इतिहास र संस्कृतिबारे जानकारी लिन युवाहरुलाई सङ्ग्रहालय भ्रमण गर्न आग्रह गरे । -(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण