आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा योजना आयोगको प्रतिनिधि मण्डल बैंकक प्रस्थान

मङ्गलबार, ०८ फागुन २०८०, १२ : ४३
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वमा प्रतिनिधि मण्डल थाइल्यान्डको बैंकका प्रस्थान गरेको छ । एसिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो । 

उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाँल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायतको सहभागिता रहेको छ ।

बैंकका स्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्रमा मङ्गलवारदेखि शुक्रबारसम्म (फ्रेवुअरी २० देखि २३सम्म) चल्ने कार्यक्रममा नेपालका तर्फबाट सस्टेनेबल डेभलपमेन्ट (दिगो विकासका लागि) दीर्घकालीन सोचका लक्ष्यहरू १, २, १३, १६ र १७ को समीक्षा समेत हुँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप