टिआरसीमा पीडितले न्याय नपाउने खतरा छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्ति प्रक्रिया अन्त्रगतको संक्रमणकालीन न्याय अविलम्ब टुंग्याउन चाहिरहेको बताएका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितलाई न्याय हुनेगरीमात्रै टुंग्याउनुपर्ने बताएका हुन् । उनले पीडकलाई सजाय घटाउने भनेर मात्रै नहुने भन्दै कति भनेर प्रस्ट हुनुपर्ने पनि बताए ।
‘हामी संक्रमणकालीन न्यायको समस्या अविलम्ब टुंग्याउन चाहान्छौ । यो टुंग्याउदा अव फेरि पीडितलाई नै पीडा थपेर, उनीहरूलाई करकाप मन्जुर छौ भनेर होइन, उनीहरूको पीडालाई न्याय दिएर अथवा पीडित मैत्री ढंगले यस समस्याको समाधान हुनुपर्छ’, ओलीले स्वेच्छाचारी ढंगले सजाय घटाउने कुरा उपहास मात्र हुने बताए ।
अध्यक्ष ओलीले वर्तमान सरकारले संक्रमणकालीन न्याय टुंग्याउने नाममा पीडितलाई थप पीडा दिने सम्भावना रहेको पनि बताए । ‘किनभने त्यस वेलाका विद्रोहीको तर्फबाट पीडा दिने समूहको एउटा पक्षबाट प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । अर्कोतिर हिंशा रोक्ने नाममा पीडा दिने शेरबहादुर गठबन्धनमा हुनुहुन्छ । दुवै पीडक राज्य सञ्चालनमा छन् । उनीहरु आफ्नो हितमा काम गर्न खोज्छन्’, उनले आशंका व्यक्त गर्दै भने, ‘ हिजो म प्रधानमन्त्री भएका बेला यो विषय टुंग्याउन चाहेको थिएँ । तर प्रचण्डजी र शेरबहादुरजी मान्नुभएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण