बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइलमा घण्टी बजेपछि ओलीले केन्द्रीय सदस्यलाई झपारे

मङ्गलबार, ०८ फागुन २०८०, १३ : १७
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठककै क्रममा केन्द्रीय सदस्यहरूलाई झपारेका छन् । केन्द्रीय समिति बैठकमा ओलीले सम्बोधन गर्ने क्रममा सहभागी केन्द्रीय सदस्यहरूको मोबाइलमा पटक पटक घण्टी बजेपछि अनुशासन कायम नगरेको भन्दै झपारेका हुन् । 

‘मैले साथीहरूलाई यसअघि स्वीच अफमा राख्न आग्रह गरेको छु । किन मोबाइल एक छिन नहुँदा केही हुन्छ र ?’, ओलीले बैठकमा भने, ‘मसँग मोबाइल छैन त, चलेकै छ । कराउन दिने हो मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि ?’

उनले बैठकमा अनुशासन कायम नगरेको भन्दै आक्रोश व्यक्त गरे । ‘बैठकमा मोबाइल साइलेन्स मोडमा राख्नुस् या स्वीच अफ गर्नुस्’, उनले भने, ‘हामी सबैले बैठकमा एउटा अनुशासन त राख्नुपर्छ । फोन आइराख्ने, उठाइराख्ने अनि हेलो के छ भन्दै गर्ने हो भने के हुन्छ ?’

यो कार्यलाई रोक्न भन्दै ओलीले दुई पटकसम्म केन्द्रीय सदस्यलाई च्यासलमा आयोजित बैठकमा सचेत गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप