मोबाइलमा घण्टी बजेपछि ओलीले केन्द्रीय सदस्यलाई झपारे
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठककै क्रममा केन्द्रीय सदस्यहरूलाई झपारेका छन् । केन्द्रीय समिति बैठकमा ओलीले सम्बोधन गर्ने क्रममा सहभागी केन्द्रीय सदस्यहरूको मोबाइलमा पटक पटक घण्टी बजेपछि अनुशासन कायम नगरेको भन्दै झपारेका हुन् ।
‘मैले साथीहरूलाई यसअघि स्वीच अफमा राख्न आग्रह गरेको छु । किन मोबाइल एक छिन नहुँदा केही हुन्छ र ?’, ओलीले बैठकमा भने, ‘मसँग मोबाइल छैन त, चलेकै छ । कराउन दिने हो मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि ?’
उनले बैठकमा अनुशासन कायम नगरेको भन्दै आक्रोश व्यक्त गरे । ‘बैठकमा मोबाइल साइलेन्स मोडमा राख्नुस् या स्वीच अफ गर्नुस्’, उनले भने, ‘हामी सबैले बैठकमा एउटा अनुशासन त राख्नुपर्छ । फोन आइराख्ने, उठाइराख्ने अनि हेलो के छ भन्दै गर्ने हो भने के हुन्छ ?’
यो कार्यलाई रोक्न भन्दै ओलीले दुई पटकसम्म केन्द्रीय सदस्यलाई च्यासलमा आयोजित बैठकमा सचेत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण