नेपाली नाटक ‘क्लेशाः’ भारत रङ्ग महोत्सवमा मञ्चन
नयाँ दिल्ली । नेपाली नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भएको छ । प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशन रहेको नाटक ‘क्लेशाः’को २५ औँ भारत रङ्ग महोत्सवमा मञ्चन भएको हो ।
भारतको राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने महोत्सवमा नाटक ‘क्लेशाः’ नयाँ दिल्लीमा र उत्तराखण्डको रामनगर (नैनीताल)मा मञ्चन भएको हो । नयाँ दिल्लीको एलटिजी अडोटोरियममा फेब्रुअरी १७ र रामनगरको नारायण दत्त अडोटोरियममा फेब्रुअरी १९ मा मञ्चन भएको हो ।
भारत रंग महोत्सवमा यस वर्ष भारतीय नाटक बाहेक तीन मात्र विदेशी नाटक छनौट हुँदा करमन कलाको प्रस्तुति नेपाली नाटक ‘क्लेशाः’ले छनौट भएको थियो । फेब्रुअरी १ देखि सुरु भएको महोत्सव फेब्रुअरी २१ सम्म हुँदैछ ।
क्लेशाःका पाँच तत्वहरु अज्ञानता, अहंकार, मोह, विच्छेद र डरको दार्शनिक पृष्ठभूमिसहित नेपालको एक दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक र सांस्कृतिक परिवेश नाटकमा छ । हरेक मञ्चनपछि ‘डाइरेक्टर मिट’ सेसनमा नाटकबारे अन्तरक्रिया समेत भएको थियो । सो क्रममा निर्देशक विजया कार्कीले रामायणका पात्रहरूलाई फरक कोणबाट विश्लेषण र अवलोकन नाटकमा गर्ने प्रयास गरिएको बताए । उनले भने, “रामायण मेरा लागि एक कथा हो, त्यसबाट प्रभावित भएर पात्रहरूबिचको मानसिक तथा भौतिक द्वन्द्वको कथा भनेको हुँ । यो समाजको वर्गबिचको, पुरुष महिलाबिचको, एकै पात्रभित्रको अन्तर्द्वन्द्वको पनि कथा हो ।”
करमन कला समूहको प्रस्तुति रहेको नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोसनी कार्की, स्वप्निल घिमिरे, सन्दिप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा र सरस्वती अधिकारीको अभिनय रहेको थियो । कलाकार सुरक्षा पन्तले नाटक ‘क्लेशाः’बाट थिएटर डेब्यु गरेकी हुन् । त्यस्तै नाटकको महोत्सव टिममा निर्देशक कार्कीसँगै विभिन्न प्राविधिक भूमिकासहित रिजन परियार, उमेश तामाङ, अनुप न्यौपाने, रुपक खरेल, रुजा राउत र केदार श्रेष्ठ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण