पुटिनले किमलाई उपहारमा दिए विलासी कार
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई लक्जरी कार उपहारमा दिएका छन् । पुटिनले किमलाई रुसमै बनेको लक्जरी सेडान कार अरस दिएका हुन् । यस्तै खालको कार पुटिन आफैँले पनि प्रयोग गरिरहेका छन् ।
यो लिमोजिन कार किमको शीर्ष सहयोगीलाई आइतबार दिइएको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले भनेको छ । उपहारको कुरा क्रेमलिनका प्रवक्ताले पनि पुष्टि गरेका थिए । उत्तर कोरियाले रुसलाई युद्धका लागि भनेर तोप, रकेट र क्षेप्यास्त्र दिइरहेको छ । दुवै देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको छ । तर यी दुवैले प्रतिबन्ध उल्लङ्घनको भने खण्डन गरेका छन् ।

पुटिनले गएको सेप्टेम्बरमा रुसको सुदूर पूर्वी क्षेत्रमा किमलाई स्वागत गरेका थिए । यो किमको ४ वर्षयताको पहिलो विदेश भ्रमण थियो । यति बेला पुटिनले किमलाई अरस सिनट लिमोजिनमा घुमाएका थिए । त्यतिबेला दुवै नेताले एक अर्कालाई बन्दुक पनि उपहारमा दिएका थिए ।
किम कारका पारखी हुन् । उनीसँग विदेशी लक्जरी कारको कलेक्सन नै छ । यो उपहारलाई किमकी बहिनीले दुई देशका शीर्ष नेताबिच विशेष व्यक्तिगत सम्बन्ध झल्काएको भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण