शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनले किमलाई उपहारमा दिए विलासी कार

मङ्गलबार, ०८ फागुन २०८०, १७ : ४०
मङ्गलबार, ०८ फागुन २०८०

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई लक्जरी कार उपहारमा दिएका छन् । पुटिनले किमलाई रुसमै बनेको लक्जरी सेडान कार अरस दिएका हुन् । यस्तै खालको कार पुटिन आफैँले पनि प्रयोग गरिरहेका छन् । 

यो लिमोजिन कार किमको शीर्ष सहयोगीलाई आइतबार दिइएको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले भनेको छ । उपहारको कुरा क्रेमलिनका प्रवक्ताले पनि पुष्टि गरेका थिए । उत्तर कोरियाले रुसलाई युद्धका लागि भनेर तोप, रकेट र क्षेप्यास्त्र दिइरहेको छ । दुवै देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको छ । तर यी दुवैले प्रतिबन्ध उल्लङ्घनको भने खण्डन गरेका छन् । 

_131084724_c6e71549-2fcb-4b70-9ae4-46d5e28bedc1.png

पुटिनले गएको सेप्टेम्बरमा रुसको सुदूर पूर्वी क्षेत्रमा किमलाई स्वागत गरेका थिए । यो किमको ४ वर्षयताको पहिलो विदेश भ्रमण थियो । यति बेला पुटिनले किमलाई अरस सिनट लिमोजिनमा घुमाएका थिए । त्यतिबेला दुवै नेताले एक अर्कालाई बन्दुक पनि उपहारमा दिएका थिए । 

किम कारका पारखी हुन् । उनीसँग विदेशी लक्जरी कारको कलेक्सन नै छ । यो उपहारलाई किमकी बहिनीले दुई देशका शीर्ष नेताबिच विशेष व्यक्तिगत सम्बन्ध झल्काएको भनेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप