रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका उपरथी निर्मल कुमार थापालाई मंगलबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् । पदोन्नतिसँगै रथी थापा श्री बलाध्यक्ष विभागमा नियुक्त भएका छन् ।
उनी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८० माघ २५ गतेको निर्णय बमोजिम पदोन्नति भएका हुन् । वि.सं. २०२४ आश्विन २५ गते ललितपुरमा जन्मिएका रथी थापा, वि.सं.२०४३ फाल्गुण ०३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी वि.सं. २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका हुन् ।
रथी श्री थापाले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बाहिनीपति र पृतनापतिका साथै, पि.एस.ओज्. सचिव, सैनिक सचिव, युद्धकार्य विभागको विभागीय प्रमुख, सैनिक इन्टेलिजेन्स महानिर्देशक एवं राष्ट्रिय सुरक्षा परिषद्को सह-संयोजकको जिम्मेवारी सम्हालेका छन् ।
अमेरिका, मलेसिया र रसियामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका रथी थापाले बङ्गलादेशबाट एनडीसी तालिम सम्पन्न गरेका छन् । यस्तै, युगोस्लाभिया, इथियोपिया र इरिट्रिया, लेवनान तथा कंगोमा शान्ति सेनामा सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण