आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर जुट मिलमा कसले लगायो आगो ?

प्रहरीद्वारा घटनाको अनुसन्धान सुरु
बुधबार, ०९ फागुन २०८०, २२ : १५
बुधबार, ०९ फागुन २०८०

विराटनगर । नेपालकै जेठो उद्योगको रूपमा रहेको विराटनगर जुट मिलमा मंगलबार साँझ आगलागी भएको छ । कसैले आलो लगाइदिएको आशंकामा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । 

‘विद्युत् सर्ट हुने अवस्था पनि नरहेको र आफैं आगो लाग्ने अवस्था पनि देखिँदैन । पुरानो सामानहरु राखेको उद्योगमा आगो लागेको छ । अहिले नै सबै कुरा भन्ने कुरा भएन । अनुसन्धानको लागि हामीले टोली खटाएका छौँ । इन्स्पेक्टरको कमाण्डमा टोली खटाएका छौँ । कहाँबाट आगलागी सुरु भयो, कसले लगायो सबै हेर्न भनेका छौँ,’ मोरङ प्रहरीले जनाएको छ । 

जुट मिलमा मंगलबार साँझ  ९ बजेदेखि स्वप्नर ब्लिचिङ डिपार्टबाट आगलागी सुरु भएको थियो । आगलागीका कारण अनुमानित २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । 

जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ । मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा मध्यराती १ बजेसम्ममा आगो नियन्त्रणमा आएको थियो । 

विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योग अहिले भने बन्द अवस्थामा थियो । वि.सं. १९९३ सालमा स्थापना भएको जुट मिल्स २०७८ साल माघदेखि बन्द छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप