विराटनगर जुट मिलमा कसले लगायो आगो ?
विराटनगर । नेपालकै जेठो उद्योगको रूपमा रहेको विराटनगर जुट मिलमा मंगलबार साँझ आगलागी भएको छ । कसैले आलो लगाइदिएको आशंकामा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
‘विद्युत् सर्ट हुने अवस्था पनि नरहेको र आफैं आगो लाग्ने अवस्था पनि देखिँदैन । पुरानो सामानहरु राखेको उद्योगमा आगो लागेको छ । अहिले नै सबै कुरा भन्ने कुरा भएन । अनुसन्धानको लागि हामीले टोली खटाएका छौँ । इन्स्पेक्टरको कमाण्डमा टोली खटाएका छौँ । कहाँबाट आगलागी सुरु भयो, कसले लगायो सबै हेर्न भनेका छौँ,’ मोरङ प्रहरीले जनाएको छ ।
जुट मिलमा मंगलबार साँझ ९ बजेदेखि स्वप्नर ब्लिचिङ डिपार्टबाट आगलागी सुरु भएको थियो । आगलागीका कारण अनुमानित २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ । मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा मध्यराती १ बजेसम्ममा आगो नियन्त्रणमा आएको थियो ।
विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योग अहिले भने बन्द अवस्थामा थियो । वि.सं. १९९३ सालमा स्थापना भएको जुट मिल्स २०७८ साल माघदेखि बन्द छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण