१६९ रनको लक्ष्य पछ्याएको नामिबियाले बनायो १५ ओभरमा ३ विकेट गुमाएर ७३ रन
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले १५ ओभरमा तीन विकेट गुमाएर ७३ रन बनाएको छ । नामिबियाका कप्तान जेरहार्ड अर्समस २७ र पाँचौँ नम्बरका ब्याट्सम्यान जन फ्राइलिंक दुई रन बनाउँदै क्रिजमा छन् । नामिबियालाई जितका लागि ३५ ओभरमा ९६ रन आवश्यक छ ।
नामिबियाले पहिलो विकेटका रुपमा ओपनर निकोलस डाभिनलाई गुमाएको हो । उनी आठ रनको ब्यक्तिग स्कोरमा रन आउट भएका थिए । १.४ ओभरमा निकोलस आउट हुँदा नामिबियाले केवल १० रन बनाएको थियो ।
नामिबियाले दोस्रो विकेटका रुपमा ओपनर जिन पियर कोट्जीलाई तीन रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो । उनको विकेट नेपालका कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले उनलाई बोल्ड गरेका हुन् । ४.१ ओभरमा उनी आउट हुँदा नामिबियाले १७ रन बनाएको थियो ।
नामिबियाको तेस्रो विकेट कुशल मल्लले लिएका थिए । कुशलले नामिबियाका तेस्रो नम्बरका ब्याट्सम्यान माइकल भान लिंगेनलाई ३१ रनको ब्यक्तिग स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । पेभेलियन फर्किनुअघि माइकलले ३४ बलमा दुई छक्का र चार चौका पनि हिर्काएका थिए । १२.१ ओभरमा माइकल आउट हुँदा नामिबियाले ६९ रन बनाको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण