‘उपहार’मा पुरुषको पनि पिडा छ : रेखा थापा
काठमाडौँ । अभिनेत्री रेखा थापाले ‘उपहार’मा समाज रुपान्तरणदेखि नारीमात्र होइन, पुरुष पनि पीडित रहेको कुरा उठाइएको बताएकी छन् । ‘उपहार’ हरेक बर्गका दर्शकका लागि उपयुक्त फिल्म भएको उनको भनाई छ ।
‘उपहार’ दर्शकको मन मस्तिस्कमा बस्ने गरी लेखिएको र बनाइएको फिल्म हो’, उनले भनिन् ‘नेपाली फिल्म नियमित हेरिरहने र कहिल्यै नहेर्नेका लागि पनि यो उपयुक्त छ ।’ ‘उपहार’ सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको उनको दाबी छ ।
‘हाम्रो फिल्म आँखालाई शीतल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र बिछोडका कुरा दर्शकले पाउनुहुनेछ’, उनले थपिन् ।
रेखाका अनुसार फिल्म ‘उपहार’को कथा फरक छ । छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ ।
रेखा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउन लागेकी हुन् । पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहेकी रेखाले अमेरिकाबाटै फिल्मको विभिन्न माध्यमबाट प्रचार गरिरहेकी छन् ।
यसअघि रेखाले निर्देशन र अभिनय गरेको फिल्म ‘मालिका’ आएको थियो । पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उनी उत्साहित छिन् ।
ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’मा रेखाको अलवा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण