‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला’ हेर्न दैनिक भिडभाड, तस्बिरहरु
काठमाडौँ । के तपाई खोटाङ दिक्तेलका कलासंस्कृति, रहनसहन, प्राकृतिक सौन्दर्य, वस्तुस्थिति, ऐतिहासिक धरोहरलगायत हरेक विषयमा जानकारी लिन चाहनुहुन्छ ? यदि चाहनु हुन्छ भने तपाई नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा पुग्नुस् । त्यहाँ जारी ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ले खोटाङका हरेक पक्षको जानकारी दिनेछ ।
रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभिमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ गत ५ गतेदेखि आर्ट काउन्सिलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ सुरु गरेको छ । आगामी १७ गतेसम्म चल्ने प्रदर्शनीमा १७० बढी चित्र रहेका छन् । ती चित्रहरु नेपालका चित्रकार सहित ५० देशका चित्रकारले बनाए हुन् ।
_CUXceoxf55.jpg)
गत असोज १७ देखि २१ गते दिक्तेलमा जुन दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला’ आयोजना भएको थियो । कार्यशालामा १४ देशका १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना चित्रकारको सहभागिता रहेको थियो । त्यही बनाइएको चित्रहरु अहिले प्रदर्शनीमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
‘कार्यशालामा अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, चाइना, भारत, बंगलादेश र राजा विरेन्द्रलाई पनि चित्रकला सिकाउने उहाँका गुरु दिक्तल पुगेर लाइभ चित्रहरु कोर्नु भएको थियो’, भट्टराईले भने, ‘जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराई स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि १०९ वटा जीवन्त चित्रहरू (लाइभ) समेत कोरिएको थियो । ती चित्रहरु समेत प्रदर्शनीमा छन् ।’ प्रदर्शनीको मुख्य उद्देश्य त्यहाँको संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने समेत रहेको भट्टराईको धारणा छ ।
_rKwa1NBU9i.jpg)
‘दिक्तेलको विभिन्न विषय झल्कने चित्रकला प्रदर्शन गरेर नगरपालिकाको विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय जानकार दिने र आम्दानी बढाउने पनि हाम्रो उद्देश्य हो’, भट्टराईले थपे, ‘हामीले त्यहाँका संस्कृति, परम्परा, रहनसहनलगायत हरेक बस्तु चित्रहरु मार्फत झल्काएका छौ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्टिसले संयुक्त रुपमा यो प्रदर्शिनीमा आयोजना गरेको हो । नगरपालिकाले नेतृत्व गरेपनि प्रदर्शनीमा जिल्लाका विभिन्न दृष्टिकोणले महत्त्व ठानिएका सबै विषय चित्रकलामा समेटिएको भट्टराई को धारणा रहेको छ ।
प्रदर्शनीमा दैनिक राजनीतिक दलका नेताहरु, कूटनीतिक नियोगका अधिकारीहरु, उद्योगी–व्यवसायी, लेखक, बुद्धिजीवी, पत्रकार, विद्यार्थी र सर्वसाधारणको लगायतको भिड लाग्ने गरेको छ । प्रदर्शनी अहिलेसम्म १० हजार बढिले अवलोकन गरिसकेको आयोजकले जनाएको छ ।
_NkFFL28jYe.jpg)
_bLHyaUb7q3.jpg)
_uOT4bfI2LA.jpg)
_zKW0IXVovK.jpg)
_2Tqh50NAjY.jpg)
_rL4km0E5Wr.jpg)
_hkJN9Ri0bs.jpg)
_54v52GnAKZ.jpg)
_0QnaOSITY4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण