कांग्रेसको केन्द्रीय सदस्य गणेश लामाविरुद्ध अपहरण गरेको आरोप
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाविरुद्ध अपहरण गरेर शरीर बन्धक बनाएको आरोप लागेको छ । गुण्डागर्दी पृष्ठभूमिका लामा र सहदेव कक्षपतिको समूहले ललितपुरको ढोलाहिटीबाट अपहरण गरेर आफूलाई सानेपामा ‘बन्धक’ बनाएको ज्ञानेन्द्र खड्काले आरोप लगाएका हुन् ।
खड्काले यसबारे प्रेस विज्ञप्ति जारी गरेका छन् । २०८० पुस २३ मा उनीहरूले ढोलाहिटी आदर्श टोलबाट अपहरण गरेर सानेपास्थित होटल ‘लन्डन हाउस’ मा लगेर ८ घण्टा बन्धक बनाएर फिरौती लिएको खड्काको आरोप छ ।
घटनाबारे पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको जाहेरी ललितपुरमा फरवार्ड गरिएको छ । अपराध अनुसन्धान कार्यालयमा दिएको जाहेरी ललितपुरमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । खनालले भने, ‘हामी मिसिल अध्ययन र प्रारम्भिक अनुसन्धानको क्रममा छौँ ।’
खड्काले आफूलाई बन्धक बनाएर ‘केटा लगाएर मार्दिन्छु’ भनेर गणेश समूहले भनेको दाबी सहित माघ २८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका हुन् । आफूसँग आरोपित समूहले २५ लाख फिरौती लिएको उनले दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण