सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसको केन्द्रीय सदस्य गणेश लामाविरुद्ध अपहरण गरेको आरोप

ललितपुरका एसएसपी भन्छन्, ‘मिसिल अध्ययन गर्दै छौँ’
बुधबार, ०९ फागुन २०८०, २१ : ३०
बुधबार, ०९ फागुन २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाविरुद्ध अपहरण गरेर शरीर बन्धक बनाएको आरोप लागेको छ । गुण्डागर्दी पृष्ठभूमिका लामा र सहदेव कक्षपतिको समूहले ललितपुरको ढोलाहिटीबाट अपहरण गरेर आफूलाई सानेपामा ‘बन्धक’ बनाएको ज्ञानेन्द्र खड्काले आरोप लगाएका हुन् ।

खड्काले यसबारे प्रेस विज्ञप्ति जारी गरेका छन् । २०८० पुस २३ मा उनीहरूले ढोलाहिटी आदर्श टोलबाट अपहरण गरेर सानेपास्थित होटल ‘लन्डन हाउस’ मा लगेर ८ घण्टा बन्धक बनाएर फिरौती लिएको खड्काको आरोप छ ।

घटनाबारे पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको जाहेरी ललितपुरमा फरवार्ड गरिएको छ । अपराध अनुसन्धान कार्यालयमा दिएको जाहेरी ललितपुरमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । खनालले भने, ‘हामी मिसिल अध्ययन र प्रारम्भिक अनुसन्धानको क्रममा छौँ ।’

खड्काले आफूलाई बन्धक बनाएर ‘केटा लगाएर मार्दिन्छु’ भनेर गणेश समूहले भनेको दाबी सहित  माघ २८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका हुन् । आफूसँग आरोपित समूहले २५ लाख फिरौती लिएको उनले दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप